रासस/सिन्ह्वा – नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ ।
उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छेन । प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ ।
यहाँका अधिकारीहरुले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन भएका बताइएको थियो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरु मारिएको जानकारी यहाँका अधिकारीहरुले मंगलबार जानकारी गराएका थिए ।
उक्त शहरमा रातिको समयमा बन्दुकधारीहरु लुट्नका लागि पनि आउने गरेका थिए । उनीहरुलाई नै लक्ष्य गरेर प्रहरीले सो सुरक्षा कारबाही चलाएको थियो । अबुजा शहर यहाँको कादुना राज्यमा पर्दछ । सो कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा मारिएकाहरुको पहिचानको खोजी भएको जानकारी दिए ।
ती लुटेराहरुको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरुमा एम्बुस थापेर प्रहरी बसेको थियो । सो एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिएका छन् ।
उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरुको पनि बस्ती रहेकोले उनीहरुको खोजीका लागि पनि ठूलो संख्यमा प्रहरी परिचालन गर्ने गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस