मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मध्यपुरथिमि नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको बधाई, शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिने जानकारी दिएका हुन् ।
“अहिले भर्चुअल माध्यमबाट विद्यालय सञ्चालन भइरहेका छन्, परीक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “यसैगरी भर्चुअल कक्षा सञ्चालन गरौँ, यसलाई पनि प्रभावकारी ढङ्गले लान सके उपलब्धि हासिल गर्न सकिन्छ भन्ने अनुभव प्राप्त भइसक्यो, अर्को निर्णय नभएसम्म यसैगरी पढाइ गराऔँ ।”
कार्यक्रममा सहभागी विद्यालय सञ्चालकले भने अन्य जिल्ला र नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न शुरु गरेकाले मध्यपुरथिमिले पनि सञ्चालन गर्न रोक्न नहुने जिकिर गरेका थिए । सहभागीले भर्चुअल कक्षामा सबै विद्यार्थीलाई समावेश गर्न नसकिएको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षाका उपाय अवलम्बन गरेर भौतिकरुपमा कक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष दीपिका थापा, प्याब्सन केन्द्रीय कार्यसमितिका सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्रकुमार अधिकारी, हिसान केन्द्रीय कार्यसमितिका सदस्य वीरेन्द्र जयनालगायतले शिक्षा क्षेत्रमा आएको समस्या र चुनौतीका बारेमा चर्चा गरेका थिए । मध्यपुर प्याब्सन कार्यसमितिका अध्यक्ष निलेश आचार्यले कोरोना भाइरसको महामारीका बीच शिक्षा क्षेत्र निकै चपेटामा परेको जनाउँदै सरकारले शुरुमै विद्यालय सञ्चालन नीति नबनाउँदा समग्र शिक्षा क्षेत्र नै धराशायी बनेको बताइन्।
कार्यक्रममा अध्यक्ष आचार्यले देशमै पहिलोपटक मध्यपुरथिमि नगरपालिकाले ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएकामा बधाई दिँदै नगर प्रमुख श्रेष्ठलाई सम्मानपत्र प्रदान गरे । त्यसैगरी करातेमा दोहोरो स्वर्ण पदक विजेता मध्यपुरथिमिका खेलाडी मन्देकाजी श्रेष्ठलाई पनि अध्यक्ष आचार्यले सम्मान गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस