काठमाडाैँ – सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद् विघटन सम्बन्धी मन्त्रि परिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिएको हो ।
आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग अधिवक्ताहरुले गरेका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि वकिलहरूले अन्तरकालीन आदेश मागेपछि प्रधानन्यायाधीश राणाले उक्त निर्णयबारे सरकारी कागजात मगाउँदा हुन्न भनेर सोधेका थिए।
‘प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय, राष्ट्रपति कार्यालयबाट भएको विघटनका कागजात मागौं, हुन्न?’ प्रधानन्यायाधीश राणाले वकिलहरूसँग भने।
उनले प्रतिनिधि सभामा दर्ता भएको अविश्वासको प्रस्ताव, त्यसको मिति र समयबारेका कागजात पनि मगाउने बताए।
आजको बहसको आदेश आउन बाँकी छ। आजको इजलासले मुद्दाको अर्को सुनुवाइ माघ २ गते शुक्रबारका लागि तोक्ने सम्भावना छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस