काठमाडौं-पांचथर मिक्लाजुङ ३ आरुबोटेमा आज राती धन राज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको गरि ९ जनाको हत्या भयो । आरुबोटे ३ को वडा कार्यलय छेउमा भएको सो घटनाले गाँउ पुरै शोकमा डुबेको स्थानियले बताएका छन् ।
स्थानीयका अनुसार मानिसहरु घरबाहिर निस्कन डराइ रहेका छन् । स्कुलहरु पुरै ठप्प रहेको पत्रकार सरोज शर्माले जानकारी दिए । स्थानिहरु कुरा गर्न सक्ने अवस्थामा समेत रहेका छैन् । गाँउ पुरै शोकमा डुब्दा सुनशान देखिएको छ । मानिसहरु घर बाहिर निस्कन डराइररेका छन् ।
पाँचथर एक हत्ता अगाडी देखि शोखमा परेको छ । हिलिहाङमा १५ वर्षिय बालीकाको हत्या भएको एक साता पछि अर्को भयानाक हत्या भएको छ । एक पछि अर्को हत्या हुदा जिल्ला पुरै शोकमा छ ।
हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, फर्सी कुमारी फियाक बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् । मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरि सबैको हत्या गरेको थियो ।
घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली विहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल तर्फ लागेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घट्नास्थलमा रहेका प्रहरीहरुले पुष्टि गरेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोली समेत घट्नास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घट्नास्थलमा पुगिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस