झापा – झापाको मेचीनगरपालिका– १३ स्थित चारआलीमा सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ । चारआलीमा २३ बिघा क्षेत्रफलमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचना निर्माणको काम अघि बढेको हो । विसं २०७३ मा नेपाल आयल निगमले खरिद गरेको जग्गामा भण्डारण गृह निर्माण प्रक्रिया शुरु भएको निगमका चारआलीका प्रमुख मनिष न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र एक हजार २५० किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण हुनेछ ।
पेट्रोलियम पाइपलाइनको काम आगामी फागुनबाट शुरु हुने भएको छ । पचास किलोमिटर पाइपलाइनको काम शुरु गर्न सोमबार रुट पहिचान (सर्भे) सकिएको छ । करिब रु १० अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न हुने यस परियोजना दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको हो । पाइपलाइनको लागत खर्च आ–आफ्नो सीमाभित्र सम्बन्धित देशले नै व्यहोर्ने बताइएको छ ।
सर्भे अनुसार पाइपलाइन भारतको सिलगढीबाट पानीट््याङ्किको दक्षिण भेग हुँदै नेपाल–भारत सीमा मेची खोलामुनिबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात् पूर्व–पश्चिम राजमार्गबाट हुँदै निगमको चारआली डिपोमा भण्डारण गरिने प्रमुख न्यौपानेले बताए ।
इण्डियन आयल कर्पोरेशन (आइओसी)को सिलगढी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विछ्याइने निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । जमिनदेखि दुई मिटरमुनि पाइपलाइन विछ्याइने छ । पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर विछ्याउनुपर्ने सर्भे टोलीका इञ्जिनीयर मसिनी खड्काले बताए ।
आइओसी टोलीसँग मिलेर विस्तृत सर्भे गरिएको उनले जानकारी दिए । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश १ मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने निगमले जनाएको छ । भण्डारण गृह पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस