काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । गृहमन्त्री, अर्थमन्त्री सहित प्रधानसेनापति र मुख्यसचिव बैठकमा सहभागी हुनेछन्।
सुरक्षा परिषदको बैठक आज बिहान राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका प्रधानमन्त्रीले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएसँगै सम्भावित सुरक्षा संकटका विषयमा छलफल गर्न राष्ट्रियबोलाएका हुन् । संसद भंग गराएपछिको बदलिँदो सम्भावित परिस्थितिबारे शतर्क रहन प्रधानमन्त्रीले बैठकमा निर्देशन दिनसक्ने बुझिएको छ ।
संकटकाल लगाउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै चौतर्फी विरोधका स्वरहरु सुनिएका थिए । केही दल र संगठनहरुले बालुवाटारमै विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । देशैभरी यस्ता कार्यक्रमको घोषणा हुन थालेपछि सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाइएको हो । बैठकमा सम्भावित सुरक्षा खतरा र त्यसका लागि उठाउनुपर्ने कदमबारे छलफल हुने बताइएको छ ।
राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष प्रधानमन्त्री स्वयं हुन् । यसबाहेक परिषदका सदस्यहरु रक्षामन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति हुन्छन् । अहिले रक्षा मन्त्री पनि प्रधानमन्त्री स्वयं हुन् । गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थ मन्त्री विष्णु पौडेल, मुख्य सचिव शंकरदास बैरागी र प्रधानमसेनापति पूर्णचन्द्र थापा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस