कर्णाली- कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ९४ प्रतिशत उपचारपछि निको भएर घर फर्किएका छन् । अब छ प्रतिशत सङ्क्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमना २१० जनाको स्वाब सङ्कलन गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १८० पुगेको मन्त्रालयको जनस्वास्थ शाखा प्रमुख नवराज कँडेलले जानकारी दिएका छन् ।
“पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सल्यानका पाँच, सुर्खेत र दैलेखका तीन÷तीन र रुकुमपश्चिमका एक जना छन्”, प्रमुख कँडेलले भने, “पछिल्लो २४ घण्टामा नौ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।” योसँगै यस प्रदेशमा उपचारपछि निको हुनेको सङ्ख्या छ हजार ७३४ पुगेको शाखा प्रमुख कँडेलले बताए ।
उनका अनुसार कर्णालीमा हालसम्म ९५ हजार १४ जनाको पिसिआर परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या कर्णालीमा २२ जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस