काठमाडौँ- नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।
बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिए । सरकारले गत मङ्सिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको थियो । सरकारले संसद् अधिवेशन छलेर सो अध्यादेश ल्याएको कांग्रेसको आरोप छ ।
बैठकमा संसद्लाई थप प्रभावकारी बनाउने र पार्टीको भूमिका कसरी निर्वाह गर्नेलगायत विषयमा छलफल भएको थियो । बैठकले कोभिड–१९ को सङ्क्रमण महामारीको विषम परिस्थितिमा भएका अनियमितता र भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारवाही गर्न माग गरेको उनले बताए ।
कांग्रेसले उखु किसानको बक्यौता रकम चिनी मिलबाट तत्काल उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ । साथै बैठकले मुलुकका विभिन्न स्थानमा कांग्रेस भएकै कारण सरकारले झुठो मुद्दा लगाई त्रास सिर्जना गर्ने गरेको र पक्षपात व्यवहार गर्ने गरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट भएको व्यक्ति हत्या घटनाको भत्सर्ना गर्दै घटनाका दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस