काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको बताउनुभएको छ ।
सभामुख सापकोटाका तर्फबाट उहाँका प्रेसविज्ञ श्रीधर न्यौपाने आज जारी गर्नुभएको प्रेस नोटमा भनिएको छ, “जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै छ ।”
संवैधानिक परिषद्को बैठकका सम्बन्धमा सभामुख सापकोटाको विषयमा जोडेर आएका प्रचारका सन्दर्भमा स्पष्ट पार्न प्रेस नोट जारी गरिएको बताइएको छ । यही मङ्सिर २८ गते सङ्घीय संसद् सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान ८ः३० बजे सङ्घीय संसद्, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयं सभामुखले आफ्नै अध्यक्षतामा आयोजना गरिएकाले संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसक्नुभएको प्रेस नोटमा उल्लेख छ ।
सोसम्बन्धी जानकारी यसअघि नै गराइसकिएको थियो । त्यसदिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छ । आजको बैठकका सम्बन्धमा सभामुखले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको प्रेस नोटमा उल्लेख छ । प्रेस नोटमा भनिएको छ, “राज्य सञ्चालनमा दीर्घकालीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।”
“नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधिसभाको विपक्षीदलको नेतासमेत सहभागी रहने संवैधानिक परिषद्को बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात् गर्नुभएको छ”, प्रेस नोटमा भनिएको छ,
उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउने सूत्रवाक्यलाई हृदयङ्गम गरी जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको उल्लेख गर्नुभएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै रहेको स्पष्ट पारिएको छ ।
प्रेस नोटमा भनिएको छ, “उहाँ सङ्घीय संसद्को गरिमा कायम राख्दै संवैधानिक परिषद्को मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत हुनुहुन्छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस