नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसको संक्रमण भएकामध्ये एक लाख ४३ हजार ७०९ जनाको मृत्यु भएको छ ।
कोभिड–१९ बाट निकै प्रभावित नयाँदिल्लीमा २४ घण्टाको अवधिमा एक हजार ३७६ जना नयाँ रोगी फेला परेका छन् भने ६० जनाको मृत्यु भएको छ । सोमबारसम्म राजधानी नयाँदिल्लीमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख २२ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस