'भ्रष्टाचारी खोज्न बालुवाटार जानु'
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी भन्ने यो पार्टी नै होइन, यो लोभीपापीहरूको मञ्च मात्रै हो । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासमा बस्नुभएको छ, महारानी होइन, राष्ट्रपति हो ।
तपाईं हामीले बनाएको राष्ट्रपति हो । प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको हो ? होइन । यो तामझाम चित्त बुझेको छ ? छैन । चित्त बुझेको छैन भने हिसाबकिताब गरौँ, श्रद्धेय मदन भण्डारीले बोल्नुभएको उहाँको भाषणको एउटा वाक्य उद्धृत गरेर, दोहोर्याएर भन्दै छु, राष्ट्रपति श्री ५ बडामहारानी बन्न खोज्नुभएको, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भन्दै छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्सियोस्, हात नलम्क्याइबक्योस्, हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्सियोस्, चुनाव लड्न हामीहरू तयार छौँ ।
बालुवाटारको जग्गा छोराको नाममा खर्लप्प खाने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छेचाहिँ जेलमा छ । सिफारिस गर्ने मान्छे जेलमा पुग्दा त्यसको फल खाने मान्छेचाहिँ अर्थमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ ।
निर्मला पन्तदेखि निर्जला चौधरीसम्मको बलात्कार र हत्याका दोषीलाई संरक्षण गर्ने गृहमन्त्री अनि स्वास्थ्य सामग्रीको खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विश्वासपात्र स्वास्थ्यमन्त्री भएको सरकार छ यो । यो सबै कुरा प्रधानमन्त्रीको इच्छाबमोजिम चलेको छ भनेर भन्दै गर्दा त्यो गलत हुँदैन ।
कुनै पनि भ्रष्टाचार काण्ड प्रधानमन्त्रीले प्रोत्साहन नगरीकन भएको छैन । भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ । भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, सिंहदरबार गए पुग्छ ।
सडकमा युवा साथीहरू राजा आऊ देश बचाऊ भन्दै छन् । त्यो तपाईंको हक हो । तपाईंको अधिकार हो । म त्यसको सम्मान गर्छु । यति सम्झाउँछु, ०५९ सालमा पनि यसैगरी सडकमा नारा लगाएका थिए । राजा आए, तर आफूलाई बचाउन सकेनन्, देश कहाँबाट बचाइदिन्थे ? यो समाचार आजको नया पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस