काठमाडौँ- थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो हार ब्योहोरेको छ ।बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै थाइल्यान्डसँग आठ विकेटको हार बेहो¥यो ।
यसअघि भएको पहिलो खेलमा नेपालले पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको हार बेहोरेको थियो । त्यस्तै मङ्गलबार भएको तेस्रो खेलमा बङ्गलादेशसँग ९२ रनले पराजित भएको थियो ।
प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १९ दशमलव ५ ओभरमा ६३ रन जोड्दै अलआउट भयो । जारी प्रतियोगितामा नेपालले बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो । नेपालले दिएको ६४ रनको लक्ष्यलाई थाइल्यान्डले १६ ओभरमा दुई विकेट गुमाउँदै आफनो लक्ष्य पूरा ग¥यो ।
तीस रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि सम्हालिएर ब्याटिङ गर्न सकेन । नेपालले ३८ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । नेपाली ब्याट्सवुमन ज्योति पाण्डेले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
थाइल्यान्डको जितमा सिरिन्त्राले अविजित २७ रन जोडिन भने नत्ताकानले २४ रनको योगदान दिइन । बलिङतर्फ नेपालकी सीता मगरले दुई विकेट लिइन ।
जारी प्रतियोगितामा थाइल्यान्डले पहिलो जित दर्ता गराएको हो । नेपालले भोलि शुक्रबार आफ्नो अन्तिम खेलमा भारतसंग प्रतिस्पर्धा गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस