सिमकोट- हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । हुम्लामा व्यावसायिक स्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो ।
स्याउखेतीको बढी सम्भावना भएका हुम्लाका गाउँपालिकालाई प्रदेश सरकारले बिरुवा माग गर्न परिपत्र गरेपछि सिमकोट गाउँपालिकाले १८ हजार स्याउका बिरुवा माग गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताएका छन् । स्याउखेती गर्ने किसानको विवरण लिएर प्रदेशसँग ती बिरुवा माग गरिएको हो । अब प्रदेशले बजेट वा बिरुवा के पठाउँछ त्यो खोलिएको छैन ।
प्रदेश सरकारकाबाट स्याउ वा रकम जे आए पनि व्यावसायिक स्याउ खेती गर्ने किसानलाई सुविधा उपलब्ध हुने भएको उनले बताए । सिमकोट गाउँपालिकाका आठवटै वडा स्याउखेतीका लागि उपयुक्त भएको र किसानसँग बिरुवा मागका लागि निवेदन माग गरेको उनले बताए । गाउँपालिकाले कम्तीमा १०० बोट स्याउ लगाउने गरी निवेदन दिन किसानसँग आग्रह गरेको थियो । गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रमबाट पनि छ हजार स्याउका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस