सोल – दक्षिण कोरियाली सरकारले कोरोना नियन्त्रणका लागि ४ करोड ४० लाख डोज कोरोना विरुद्धको खोप ल्याउने निश्चय गरेको छ । आगामी फेब्रुअरीबाट उक्त खोप ल्याइने सरकारी अधिकारीले मंगलबार बताएका छन् ।
सरकारले आष्ट्राजेनेकासँग १ करोड डोज, मोड्रेनासँग अर्को १ करोड, फाइजरसँग ४० लाख डोज तथा कोभ्याक्स मार्फत थप १ करोड डोज खोप लिने सम्झौता गरिसकेको छ । बाँकी खोप पनि अष्ट्राजेनेकासँगै खरिद गर्ने प्रकृया भइरहेको र उक्त खोप आगामी बर्षको अन्त्यसम्ममा ल्याईसकिने सरकारी अधिकारीले बताएका छन् ।
दक्षिण कोरियाली सरकारले ३ करोड ६० लाख डोज खोप उच्च प्राथमिकताका आधारमा लगाउने बताएको छ । बाँकी ८० लाख डोज खोप भने बिक्री गरिने बताइएको छ । प्राथमिकताका आधारमा बृद्ध उमेर समुह, स्वास्थ्य समुह तथा सुरक्षाकर्मीहरु रहेका छन् । १८ बर्ष मुनिका बालबालिकाहरु भने सरकारको उक्त खोप कार्यक्रममा समावेश गरिएका छैनन् ।
१८ बर्ष मुनिका बालबालिकाहरुमा हालसम्म कुनै पनि खोपको परिक्षण नगरिएकाले उनीहरुलाई उक्त खोप कार्यक्रममा समावेश नगराइएको सरकारी अधिकारीहरुले बताएका छन् । यता बेलायत, जापान तथा जर्मनीले भने खोप कार्यक्रम सम्पुर्ण नागरिकका लागि सञ्चालन गर्ने बताइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस