सोल – दक्षिण कोरियामा गम्भिर प्रकृतिका कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपश्चात त्यस्ता बिरामी उपचार गर्ने अस्पताल शैय्या अभाव हुन थालेको छ । स्वास्थ्य तथा समाजकल्याण मन्त्रालयका अनुसार हाल दक्षिण कोरियाका गम्भिर प्रकृतिका बिरामीहरुको उपचार गरिने देशभरका ५४८ अस्पतालहरुमा जम्मा ६६ शैय्या मात्र खाली छन् ।
यता हालै गरिएको एक अध्ययनले कोरोना भाइरस करिव ६.५ मिटरको दुरी सम्मबाट समेत सर्ने बताएको छ । ज्येनबुक नेशनल युनिभर्सिटीले हालै गरेको अध्ययन अनुसार कोरोना भाइरसका जिवाणुहरु ६.५ मिटर परसम्म समेत पुग्ने गरेको पाइएको हो । यो अध्ययन पश्चात कोरोना भाइरस २ मिटरसम्म मात्र सर्छ भन्ने मान्यतालाई समेत चुनौति दिएको कोरियाली समाचार संस्थाहरुले बताएका छन् ।
हाल कोरोना भाइरस संक्रमण अनौठो किसिमले फैलिरहेको बताउदै अध्ययनकर्ताहरुले सबैलाई सावधानी अपनाउन अनुरोध समेत गरेका छन् । अध्ययनकर्ताहरुले कोरोना भाइरसको खार खोप निर्माण नभइञ्जेल सरकारले लागु गरेका स्वास्थ्य मापदण्डहरुको अनिवार्य पालना गर्न समेत भनेका छन् ।
यता दक्षिण कोरियाली राजधानी सोलमा प्रति एक हजार जनसंख्यामा १ जनामा कोरोना भाइरस संक्रमण पाइएको अध्ययनले देखाएको छ । यो दर उच्च रहेको बताउदै दक्षिण कोरियाली स्वास्थ्य विज्ञहरुले चेतावनी समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस