कर्णाली- सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए । एक्कासि स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरेशन कम रहेको, अक्सिजन आदान प्रदानका साथै भेन्टिलेटरमा राखेर उपचार गरिएको र सुधार नभएपछि शनिबार राति मृत्यु भएको महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । ती बिरामी बेहोस भएपछि छाती थिचेर ब्युँताउने प्रयास गरिएको थियो ।
स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको बताए । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
सङ्क्रमितको सङ्ख्या छ हजार ९८३
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा पिसीआर विधिबाट गरिएको परीक्षणमा थप १२ जनाको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै विभिन्न प्रयोगशालामा गरी हालसम्म ९३ हजार ३७३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । पछिल्लो तथ्याङ्कअनुसार छ हजार ४५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस