पोखरा – कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटन लगायतका स्थानमा भने अझै फल्दै गरेको छ । विगतका वर्षमा यी स्थानामा पहेँलपुर देखिने सुन्तला यस वर्षका लागि भने गत फागुन महिनामा फूल फुल्ने क्रममै असिनाले झारेपछि उत्पादनमा कमी आएको हो ।
सुन्तालाको कारण बर्सेनि राम्रो आम्दानी गर्दै आएका यहाँका किसान यस वर्ष भने उत्पादन घटेपछि चिन्तित बनेका छन् । अघिल्लो वर्ष सुन्तलाबाटै रु आठ लाख आम्दानी गरेका पोखरा महानगरपालिका–२१ फेदीपाटनका कृषक प्रकाश पौडल यस वर्ष भने उत्पादनमा कमी भई मुस्किलले रु एक लाख मात्रै आम्दानी गर्ने अवस्थामा पुगेको बताए ।
“असिनाले बोटमा फूलमात्र नभई अन्य क्षति पनि पुर्याएको थियो”, उनले भने, “यस वर्ष त्यस्तै भयो, अर्को वर्ष सुन्तला जोगिने आशमा छौँ ।” पौडेलले ४० रोपनी जग्गामा ६०० बोट सुन्तला लगाउनुभएको छ । आफ्नो बुबाको पालामा चार दशकअघिदेखि सुन्तला खेती गर्दै आएको जानकारी दिँदै पौडेलले यस अवधिमा पहिलोपटक यति कम मात्रामा सुन्तला उत्पादन भएको बताएका छन् ।
धान फल्ने खेतमा सुन्तला लगाइएको बताउँदै उनले यस वर्ष सुन्तला पनि उत्पादन नहुँदा दैनिक जीविकोपार्जनमा समस्या आएको उल्लेख गरे । क्षतिका सम्बन्धमा कृषि ज्ञान केन्द्रमा जानकारी गराएको भन्दै पौडेलले क्षतिका आधारमा राज्यबाट कृषकले क्षतिपूर्ति पाउने अपेक्षा गरेको बताए ।
पौडेलजस्तै निर्मलपोखरी खरच्याङका अर्का सुन्तला कृषक टीकाराम भण्डारीको पनि उस्तै गुनासो छ । असिनाले फूल फुल्ने क्रममा नै झारेपछि यस वर्ष सुन्तलाबाट विगतमा जस्तो आम्दानी गर्न नसकिएको उनको भनाइ छ । अघिल्लो वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर रु तीन लाख आम्दानी गरेको बताउँदै उनले भने, “यस वर्ष मुस्किलले रु ९० हजार मात्र आम्दानी भएको छ ।”
“भएका सुन्तलाका दाना पनि साना छन्, विगतमा जस्तो मिठो पनि छैन”, उनले भने, “कतै रोग लागेर समस्या छ, बचेका ठाउँमा पनि असिनाजन्य प्रकोपले समस्या पारेको छ ।” उत्तरतर्फबाट आएको असिनाले प्रत्येक रुखको उपल्लो भागमा पूर्णरूपमा क्षति बनाए पनि दक्षिणतर्फ तल्लो भागमा बचेखुचेका सुन्तलाले अलिअलि भने पनि आम्दानी भएको कृषक बताउँछन् ।
अन्य बालीमा असिनाले पारेको क्षति तत्काल देखिए पनि सुन्तला लगायतका फलफूलमा भने फल पाक्ने बेलामा मात्रै क्षतिको यकिन हुने भण्डारीले जानकारी दिए । त्यस्तै अर्का कृषक नारायण पौडेल पनि यस वर्ष सुन्तलामा असिनाले ठूलै क्षति पुर्याएको बताउछन् । उनका अनुसार अघिल्लो वर्ष बाँदरबाट सुन्तला जोगाउन हम्मेहम्मे परेको थियो, अहिले असिनाले मारमा परेको छ । पौडेलले अघिल्लो वर्ष सुन्तलाबाटै रु तीन लाख आम्दानी गरेका थिए । कृषकको पीडालाई राज्यले बुझ्न नसकेको बताउँदै कृषकले क्षतिका आधारमा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सामूहिक धारणा राखेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस