पाल्पा- पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँकाफल खेती व्यावसायिकरूपमा थालनी भएको कार्यालय प्रमुख शिवप्रसाद अर्यालले बताएका छन् ।
यस खेतीमा रिब्दीकोटको भैरवस्थानमा अम्बिका गौतम, सरिता खनाल, पवित्र खाम्चा र पार्वती थापा आकर्षित छन् । रम्भाको हँुमीनमा सामूहिकरूपमा चार जनाले एक रोपनी जमिनमा एक हजार ५०० स्ट्रबेरी लगाएका छन् । ज्ञान केन्द्रले नौ हजार बिरुवा, मल, सिँचाइका लागि चाहिने सामान, प्लाष्टिक, मल्चिङ प्रविधि र भिटामिनसमेत सामान किसानलाई अनुदानमा उपलब्ध गराएको प्रमुख अर्यालले बताए । भैरवस्थानकी अम्बिकाले पहिलोपटक नयाँ फलको व्यवसाय गर्न पाएकामा खुशी लागेको बताउनुभयो । भैरवस्थान धार्मिक पर्यटकीयस्थल पनि हो । यस खेतीबाट प्रशस्त आम्दानी हुने आशा पनि गौतमको छ ।
यो फलको नेपालमा १० वर्ष अघिदेखि खेती हुँदै आएको थियो । स्ट्रबेरी फल खानाले पिसाबसम्बन्धी रोगलाई निको पार्न सहयोग गर्छ । पछिल्ला वर्ष यो फलको सेवन र खेतीप्रति अकर्षण बढ्दो छ । जिल्लाका ग्रामीण क्षेत्रमा केही मात्रा भुइँकाफलको खेती गरिए पनि व्यावसायिकरूपमा खेतीको अभाव छ । पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा नै भुइँकाफल स्थानीय बजारमा माग भए पनि देखिएको छैन । पाल्पामा पहिलोपटक उत्पादन गर्न लागिको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस