नयाँ दिल्ली- भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।
भारतमा पछिल्लो २४ घण्टामा थप ४९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६९६ पुगेको छ ।।
यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८८ लाख २ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित राज्यको रुपमा रहेको छ । भारतमा ५० हजार भन्दा कम व्यक्ति सक्रमित भएका आज २२ औं दिन हो ।
भारतमा १३ करोड ९५ लाख ३ हजार ८०३ जना व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले आइतबार जानकारी दिएको छ । हिजो अर्थात नोभेम्बर २८ का दिनमा मात्र १२ लाख ८३ हजार ४४९ जनाको परिक्षण गरिएको पनि आइसिएमआरले जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस