वि.सं.२०७७ साल मंसिर १३ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–त्रयोदशी,०९ घडी ३४ पला,बिहान १० बजेर ३२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–भरुणी,५३ घडी ५६ पला,रातको ०४ बजेर १० मिनेट उप्रान्त कृतिका । योग–वरियान,११ घडी १२ पला,बिहान ११ बजेर ११ मिनेट उप्रँन्त परिध । करण–तैतिल,बिहान १० बजेर ३२ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वाक्ष योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १६ पला । विष्णु–वैकुण्ठ चतुर्दशी ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साधन स्रोत तथा प्रविधिको प्रयोग मार्फत रचनात्मक कार्य गर्न सकिनेछ । पुराना तथा नया मित्रहरुको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । राजनीतिकर्मि तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । व्यापारमा नया प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । भौतिक बस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आजको समय उत्तम रहेकोले विदेशमा उत्पादन भएका सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समयले साथ दिनेछ । शेयर बजार, बैक,लघुबित्त तथा आर्थिक क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने अग्रज,आफन्तको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढे दिन फलदायि रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
भौतिक स्रोत साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । सवारि साधनमा सामान्य दुर्घटना हुने योग रहेकोछ । आफन्त तथा साथिभाईहरुलाई तुरुन्त विश्वास गर्नाले समस्या पर्न सक्छ । अध्ययनमा समय दिनेहरुले भनेजस्तो नतिजा हात पार्न प्रशस्त समय खर्चनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक व्यावस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
जिम्मेवारि सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपति अन्तत पार लगाउँन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय दिखि गरि आएको काम सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो समयको लागि पद प्राप्तीको योग रहेकोछ । नसोचेको धन तथा सम्पति हात लागि हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदिबहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउनु उचित हुनेछ किनकि साझेदारहरु विच मनमुटाब सिर्जना हुनसक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सानो काम सम्पादन गर्न पनि मनग्गे समय खर्चनु पर्नेछ । आर्थिक व्यावस्थापन गर्न नजान्दा व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागी केही समय कुर्नुनै राम्रो रहनेछ । ऋण तथा पुराना समस्याहरुले सताउनाले मनमा बेचैन पैदा हुनेछ । आफन्त तथा मावली पक्षसँग घरायसी कुरामा राय बाजिनेछ । खर्च बढ्ने तथा आम्दानि न्युन हुदा दैनिकी प्रभावित हुनसक्छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राम्रा काम गरि अरुको बिस्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा आफुतिर पार्न निकै नै मेहनेत गर्र्नुपर्नेछ । दाजुभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । व्यापारमा प्रसस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ । लेखन कला तथा साहित्यका कामहरु थाती रहनेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा प्रगति हुनेछ भने आफ्नो शिक्षा तथा ज्ञानलाई निखार्ने मौका मिल्नेछ । राम्रा तथा सुखद समाचारले काम गर्न प्रेरणा जुट्नेछ । आफन्त अग्रज तथा शुभचिन्तकको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गर्न सकिनेछ भने दिगो फाइदा हुने काममा हात हाल्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले बोलैरै धन सम्पती कमाउँन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस