सोल – दक्षिण कोरियाली साइबर विभागले फेसबुकलाई ६७ लाख अमेरिकी डलर जरिमाता गरेको छ । ब्यक्तिका विवरण उनीहरुको अनुमति बिना नै अन्यत्र लगिएको पाइए पश्चात विभागले बुधबार फेसबुकलाई उक्त कारवाही गरेको हो । फेसबुकले ३३ लाख दक्षिण कोरियालीहरुको ब्यक्तिगत विवरण अमेरिकी कम्पनिसम्म पुर्याएको दक्षिण कोरियाली साइबर विभागले बताएको छ ।
व्यक्तिगत सुचना संरक्षण आयोगका अनुसार फेसबुकले दक्षिण कोरियाली व्यक्तिगत अधिकनर सम्बन्धि कानुनको अवमुल्यन गरेको छ । उक्त कानुन लागु गरिए यता फेसबुक पहिलो पटक कारवाहीमा परेको समेत आयोगले बताएको छ ।
आयोगका अनुसार फेसबुकले प्रयोगकर्ताको अनुमति बिनानै उनीहरुको नाम, जन्म मिति, ठेगाना, कार्य अनुभव, सम्बन्धको स्थिति लगायतका विवरण लिएको थियो । हाल सम्म कति जनाको विवरण लगियो भनेर फेसबुकले केही पनि जानकारी नदिएको तथा अनुसन्धानमा सहयोग समेत नगरेको आयोगले बताएको छ ।
यता फेसबुकले भने एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले दु:खित बनाएको बताएको छ । विज्ञप्ति मार्फत अनुसन्धानमा सहयोग गर्ने बचा दिँदा दिदै जरिमाना तोकिनु तथा आपराधिक कसुरमा मुद्दा दर्ता गरिनु समेत दु:खद भएको बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस