परासी- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी नारायणी नदीमा बन्न लागेको झोलुङ्गे पुल निर्माणलाई गति दिन आग्रह गरेका छन् । बजेट अभावकै कारण पुल निर्माणमा ढिलाई हुन नदिने उनले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले सुस्ता गाउँपालिका–५ पक्लिहवास्थित पुल निर्माण भइरहेको स्थलको आज स्थलगत निरीक्षण गर्दै झोलुङ्ग पुल समयमै निर्माण सम्पन्न गर्न सबैको सहयोग र खबरदारी आवश्यक रहेकोमा जोड दिएका छन् । विसं २०७२ मै सम्पन्न भइसक्नुपर्ने झोलुङ्गे पुल लामो समय वित्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि अध्यक्ष तिमिल्सिनाले विशेष पहल र चासो देखाउँदै आएक छन् ।
डेढ वर्ष अघि पहिलो पटक निरीक्षणमा आउँदा पुल निर्माण अवरुद्ध देखेपछि आफूले सम्बन्धित मन्त्रालय र निर्माण व्यवसायीलाई घच्घचाउँदै आएको र त्यसको प्रगतिको अवस्था हेर्न दोस्रो पटक उक्त निर्माणाधीन झोलुङ्ग पुलको निरीक्षणमा आएको उनले जानकारी दिएका छन् । सरकारका सम्बन्धित निकायको कमजोरी र निर्माण व्यवसायीको गैरजिम्मेवारीपनका कारण पुल निर्माणमा ढिलाइ भएको बताउँदै उनले निर्माणको जिम्मा लिने तर काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्न सक्ने गरी ऐन परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
अहिलेसम्म झोलुङ्गे पुलको २० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी गराएका थिए । उनले भने, “जमिनमुनि गर्नुपर्ने पायलिङ्को काम ९० प्रतिशत सकिएको छ, २२० वटा पायलिङ् गर्नुपर्नेमा १९५ वटा सम्पन्न भएको छ, यसबाट १२ वटा पिल्लर बन्छन्, थप दुई वटा पिल्लरका लागि २५ वटा पायलिङ् गर्न बाँकी छ, अब केही दिनमै काम शुरु हुन्छ ।”
वर्षातको कारणले अहिले निर्माणको काम अवरुद्ध रहेको भन्दै कुनै अवरोध नआएमा अवको १८ महिनामा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण हुने अध्यक्ष पाण्डेले बताए । यहाँ पुल निर्माण सम्पन्न भएपछि सुस्तावासीलाई वारपार गर्न सहज हुने सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए । पुल नहुँदा अहिले सुस्तावासीलाई नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा भारतीय भूमि हुँदै आउजाउ गर्नुपर्ने बाध्यता छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस