सोल – दक्षिण कोरियाको आधा जनसंख्या बसोबास गर्ने राजधानी सोल लगायतका देशका मुख्य शहरहरुमा कोरोना भाइरस संक्रमणका बिरामीहरु एकाएक बढ्न थाले पश्चात स्वास्थ्य अधिकारीहरु चिन्तित बनेका छन् । पछिल्ला केही दिनहरुमा दैनिक ३०० बढी संक्रमित फेला परे पश्चात स्वास्थ्य अधिकारीहरुले कोरोना संक्रमणको तेश्रो लहर सुरु भएको समेत बताएका छन् ।
बरिष्ठ स्वास्थ्य अधिकारी योन ताइ होका अनुसार फेब्रुअरीबाट सुरु भएको कोरोना संक्रमण मार्च महिना सम्म आइपुग्दा दोश्रो लहरमा पुगेको थियो । पछिल्ला दिनहरुमा संक्रमितहरुको संद्या बढेसँगै उनले देशमा कोरोना संक्रमणको तेश्रो लहर सुरु भएको र जाडो मौसममा उक्त संक्रमण थप घातक हुने समेत बताएका छन् ।
संक्रमितहरुको संख्यामा बृद्धि भएसँगै भीडभाड बढी हुने क्षेत्र र शहरहरुमा सामाजिक दुरी नियमलाई कडाई गरिने समेत उनले बताएका छन् । संक्रमण न्युन भएसँगै १.५ तहको सामाजिक दुरी नियम लगाइएकोमा अब चाँडै नै २ तहको सामाजिक दुरी नियम लगाइने भएको छ । मास्क सम्बन्धि नियमलाई समेत कडाई गरिने उनले बताएका छन् ।
यता दक्षिण कोरियाली प्रधानमन्त्री चुङ साई क्युनले देशबासी सम्पुर्ण नागरिकलाई घरमै बसेर कोरोना बिरुद्धको लडाइमा साथ दिन अनुरोध गरेका छन् । कोरोना भाइरससँग सम्बन्धित आफ्नो छैटौँ सम्बोधनका क्रममा उनले केटाकेटी तथा बृद्ध अवस्थाका मानिसहरुलाई बढी सचेत हुन समेत अनुरोध गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस