वि.सं.२०७७ साल मंसिर ०४ गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–पंचमी,५० घडी ३९ पला,रातको ०२ बजेर ४४ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाषाढा,२० घडी ५४ पला,दिउसो ०२ बजेर ५० मिनेट उप्रान्त उत्तराषाढा । योग–शूल । करण–बव,दिउसो ०३ बजेर २४ मिनेट उप्रान्त बालव,रातको ०२ बजेर ४४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–धनु ,बेलुकी ०८ बजेर ४४ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २६ घडी ३८ पला । विश्व शौचालय दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेभएपनि बाटोमा दुख हुन सक्छ । खोजीमुलक क्षेत्रमा रुचि भएपनि समय दिन नसकिने हुनाले नतिजा अरुतिरै जानेछ । प्रणय सम्बन्धमा मनमुटाव बढ्ने हुनाले आजको दिन सँगै नभए राम्रो हुनेछ । तपाईको सानो गल्ति तथा साना साना टिप्पणीको आलोचना हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सानातिना समस्याले तपाईलाई कमजोर बनाउनेछ । रिक्स लिने बानिले थप समस्या पैदा गर्नेछ । व्यापारमा लगानि गरेपनि आम्दानि न्युन हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेम तथा मित्रताको बन्धन नचाहादा नचाहादै टुट्न सक्छ । खोजिमुलक कामको सवालमा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँनयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । व्यावसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुँनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनार लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
शरिर स्वास्थ्य नहुनाले काम गर्न असजिलो महशुष हुनेछ । साथ तथा समर्थन दिने साथिभाईहरुले असहयोग गर्नेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापारमा समय दिने व्यापारीहरुका लागि समय मध्ययम रहेकोले थोरै आम्दानिमा चित्त बुझाउनु पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले आशिंक साथ दिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार तथा रोजगारबाट खासै राम्रो उपलब्धि हासिल हुनेछैन । राजनितिकर्मिहरुले समर्थन भन्दा आलोचना सुन्नुपर्नेछ । आफन्त तथा अग्रजसँग सानो सानो कुरामा बिवाद हुनेछ । घरजग्गा तथा सवारिको साधनको कारोबार गर्दा ध्यान दिनुहोला रुपैया पैसा फस्ने योग रहेकोछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् भने बिवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउने चाहनेहरुला लागि समय उत्तम रहेकोछ । आट,शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समयले त्यति साथ नदिने हुनाले बाहिर गएर भोजन ग्रहण नगर्नुहोला वा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्नुहोला । पढाइ लेखाइमा मन नजादा सफलता प्राप्त गर्न मुस्किल पर्नेछ । तरपनि गाएन तथा मोडलिङको क्षेत्रमा समय खर्चनेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समाजसमा प्रतिष्ठित काम गर्दै नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन मिल्ने मित्र तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पहिल गरिएका लगानिबाट राम्रो प्रतिफल प्राप्त हुने हुनाले मन प्रसन्न हुनेछ । अध्ययनमा प्रगति भएर जाने तथा अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । विदेशी सामानको व्यापार व्यावसायबाट धन आर्जन गर्न सकिनेछ । अध्ययन वा कामको शिलशिलामा बिदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफुलाई मन पर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरि लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस