वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गर्नुभएको छ ।
उहाँको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उहाँले बर्खास्त गर्नुभएको हो ।
हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गर्नु भएको हो ।
राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आउनु भएको छ ।
उहाँले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आउनु भएको छ ।
उहाँले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरी समेत दिनु भएको छ । ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन् ।
राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपनि कुनै आधार र प्रमाणहरु भने नदिएको भन्दै उनीहरुले उजुरी खारेज गरिदिएका हुन् ।
बर्खास्त गरिएका क्रिस्टोफर अमेरिकाको विद्युतीय सुरक्षा र भौतिक सुरक्षा निकायका निर्देशक हुनुहुन्थ्यो । उहाँको बर्खास्तीलाई लिएर अमेरिकामा आश्चर्य प्रकट गरिएको छैन ।
निर्वाचनमा पराजित भएदेखि नै राष्ट्रपति ट्रम्पले उहाँप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्दै आउनु भएको थियो । उहाँले क्रिस्टोफरलाई सुरु देखि नै लक्षित गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले यसअघि पनि आफ्नो कार्यकाल भरीमा दर्जनौं उच्च पदाधिकारीहरुलाई बर्खास्त गर्नु भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस