सोल – उत्तर कोरियाद्वारा गत महिना ठूलो हवाई सैन्य तालिम सञ्चालन गरेको छ । उसले औसतमा प्रत्येक दिन ६५० बढी सैन्य उडान भरेको समाचारमा बताइएको छ । दक्षिण कोरियाली सीमा क्षेत्र नजिकै सञ्चालन गरिएका ति उडानहरु बिदाका दिनहरुमा समेत सञ्चालन गरिएका थिए ।
दक्षिण कोरियाली सरकारी श्रोतले भन्यो – उत्तर कोरियाको पछिल्लो गतिविधि शंकास्पद छ । उसले जाडो समयको तालिम गराउन सैन्य विमानहरु उडाउने गरेको थियो तर यति धेरै भने उडाउने गरेको थिएन । यो किम जोङ उनले गत जनावरीमा हवाई सैन्य बेसक्याम्पको निरिक्षण पश्चातकै ठूलो सैन्याभ्यास समेत हो ।
दक्षिण कोरियाली सैन्य श्रोतका अनुसार उत्तरले औसतमा नियमित तालिमका क्रममा १०० सैन्य उडान भर्ने गर्दथ्यो र जाडो समयमा ठूलो सैन्य तालिमका बेला समेत उसले ३००-४०० मात्र उडान भर्ने गर्दथ्यो । यता दक्षिण कोरियाले भने तालिमका क्रममा औसतमा ७००-८०० सैन्य उडान भर्ने गर्दछ ।
सन् १९९० यता उत्तर कोरियाले औसत रुपमा ४५०-५०० तालिम उडान भर्ने गर्दथ्यो भने हाल उसले उक्त संख्या बढाएर ६०० पुर्याएको छ । उत्तरले उक्त उडानका लागि एफ-१६ फाइटर जेटको प्रयोग गर्दछ । प्रत्येक उडानका लागि उक्त जहाजमा दुई देखि तीन मिलियन वोन खर्च हुने गर्दछ ।
पछिल्लो समयमा उत्तरले सैन्य उडान संख्यामा बृद्धी गरेसँगै दक्षिण कोरिया समेत सचेत भएको सैन्य अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस