वि.सं.२०७७ साल कार्तिक २९ गते । शनिबार । ईश्वी सन् २०२० नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्दशी,१८ घडी २९ पला,दिउसो ०१ बजेर ३९ मिनेट उप्रान्त औशी । नक्षत्र–स्वाती,३६ घडी ११ पला,बेलुकी ०८ बजेर ५३ मिनेट उप्रान्त विशाखा । योग–आयुष्मान । करण– शकुनि,दिउसो ०१ बजेर ४९ मिनेट उप्रान्त चतुष्पद,रातको १२ बजेर ३७ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५३ पला । यम-पञ्चक (तिहार), नरकचतुर्दशी, कुकुर तिहार। प्रातस् तैलस्नान। दीपमालिका, लक्ष्मी-पूजा, दीपावली, सुखरात्रि। दर्शश्राद्ध। निशि बार्ने औंसी।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
जीवन साथीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारि साधन तथा विलाशी सामान हातलागि हुने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाइ लेखाइमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ । आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । लामो समय सम्म आम्दानि भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिनेछ । सत्रुमाथि बिजय गर्न सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइ लेखाइमा हुने यात्रा खर्चिलो बन्नेछ भने सफलता प्राप्त गर्न प्रशस्त समय खर्चनु पर्नेछ । हडबढि तथा आत्तिने बानिले घर परिवारमा समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । समयको काम अनुसार नचल्नाले दुख पाईनेछ । माया प्रेममा धोका हुने तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । तरपनि सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिष्पर्धामा सहभागि हुनु परेपनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाइ लेखाइमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँनयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागि समय उत्तम रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा बिस्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पशुजन्य तथा कृषिजन्य व्यापार व्यावसायबाट मनग्गे धनलाभ हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु गर्न सकिनेछ । अग्रजहरुको धन तथा सम्पतीको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ । बिद्यार्थीहरुका लागि आजको दिन फलदायि रहेकोछ भने प्रेममा गर्नेहरुका लागि समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रोसँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत व्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । पढाइ लेखाइमा मेहनेत गरेमात्र नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । तरपनि लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रुपैयापैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्तसँग मनमुटाब बढ्नेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । बाटो हिड्दा तथा सवारि साधन चलाउदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । घर परिवारमा आउने समस्याले व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस