सोल – दक्षिण कोरियालाई कोरोना रोकथाम अभियानका लागि विश्वकै नमुना देशका रुपमा चित्रीत गरिन्छ । संक्रमण दर तथा मृत्युदर न्युन राख्न सफल दक्षिण कोरियामा संक्रमण दर पनि उच्च रहेको छ । तर कतिपय नागरिकको बेवास्ताका कारण पछिल्लो समयमा संक्रमण बढीरहेको छ । शुक्रबार मात्र करिव २०० जना नयाँ संक्रमित फेला परेका छन् ।
पछिलिलो समयमा संक्रमण दर बढेसँगै सरकारले नयाँ संक्रामक रोग नियन्त्रण नियम लागु गरेको छ । आजैबाट लागु गरिएको उक्त नियम कार्यान्वयन गराउन हम्मे हम्मे परिरहेका बेला नागरिकलाई नयाँ नियमबारे अवगत गराउन नयाँ तरिका अपनाइएको छ ।
सार्वजनिक तथा भीडभाड हुने क्षेत्रमा बिहानैबाट सरकारी कर्मचारीहरु प्ले – कार्ड बोकेर उभिएका देखिएका छन् । सार्वजनिक स्थलमा मास्कको प्रयोग गर्न आनाकानी गर्नेलाई १ लाख वोन अर्थात करिव ९० अमेरिकी जरिमाना गरिने छ लेखिएका उक्त प्ले-कार्डले नागरिकलाई सचेत गराउन त्यसो गरिएको हो ।
त्यसका अलावा उनीहरुले ‘कृपया मास्क लगाउनुस्’ भन्दै गीत समेत गाएका थिए । स्ल्यास तथा फ्लेयर बोकेका उनीहरुले मानिसहरुलाई सरकारी निर्णय सहितका पर्चा तथा मास्क समेत नागरिकलाई दिएका थिए ।
कतिपय नागरिकले भने सरकारले नियमित प्रशाशन सञ्चालन गर्न छोडेर कर्मचारीलाई पर्चा वितरणमा खटाएको प्रति आपत्ति जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस