काठमाडौं-प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताले गुटबन्दी गरेको आरोप लगाएका छन् ।
प्रचण्डसहितका पाँच नेताले सचिवालय बैठक बोलाउन माग गर्दै बुझाएको दुई पेज लामो लिखित पत्रको जवाफ दिँदै ओलीले पनि पत्र लेखेका हुन् ।
कार्यकारी अध्यक्ष प्रचण्डलाई सम्बोधन र सचिवालयका अन्य चार नेता (झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ)लाई बोधार्थ दिई ओलीले लेखेको पत्रमा आफ्नाविरुद्ध घेराबन्दी र पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका छन् ।
‘पार्टीको बैठकअघि नै विभिन्न ठाउँमा गुटको बैठक बस्ने, एजेन्डा बनाउने र त्यही एजेन्डा बोकेर पार्टीको आधिकारिक बैठकमा आउने अभ्यास भएको छ, त्यसले पार्टीको निर्णयलाई कमजोर बनाएको छ,’ ओलीको पत्रमा उल्लेख भएको सचिवालयका एक सदस्यले बताए । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस