सोल – संयुक्त राज्य अमेरिकामा आगामी कार्यकालका लागि निर्वाचित हुन लागेका डेमोक्र्याट जो वाइडेनले आफ्नो कार्यकालको महत्वपूर्ण समय उत्तर कोरियाको निशश्त्रीकरणका लागि खर्चने बताएका छन् । उत्तर कोरिया नितिका पुर्व प्रमुख जोसेफ युनले छेजुमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
योनहाप समाचार संस्थालाई पठाएको एक प्रेस नोटमा समेत आफू कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न लागि पर्ने बताएका वाइडेनले आफ्नो चुनावी सम्मेलनमा आयोजित भाषणमा समेत उत्तर कोरिया मुद्दा उठाएका छन् । उनले भाषणका क्रममा दक्षिण कोरिया एक शशक्त राष्ट्र रहेको समेत बताएका छन् ।
युनका अनुसार वाइडेनले उत्तर कोरियाली नेता किम जोङ उनसँग ट्रम्पले जस्तै बाक्लो सम्मेलन नगरेता पनि निशश्त्रीकरण पहल भने जारी राख्ने छन् । उनका चुनावी सम्बोधनका क्रममा उत्तर कोरियाबारे कम टिप्पणी गरेका कारण उत्तर कोरिया प्रतिको अमेरिकी नितिमा परिवर्तन आउन सक्ने विज्ञहरुको आँकलन छ ।
आगामी जुलाई सम्म वाइडेनले उत्तर कोरियासँग सम्बन्धित मुद्दा हेर्ने कुनै योजना नभएको समेत विज्ञहरु बताउछन् । यता उत्तर कोरियाले भने सन् २०२१ को सुरुवातमा नै अन्तर महादेशीय ब्यालेष्टीक मिसाइल परिक्षण गर्ने तयारीमा रहेको श्रोतले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस