सोल-दक्षिण कोरियाली सेनापतिहरूले बिहीवार उत्तर कोरियाबाट पहिचान नखुलेको एक क्षेप्यास्त्र प्रहार भएको दाबी गरेका छन् । उत्तरले उच्चस्तरीय हतियार परीक्षण गरेको एक हप्ताभित्र यो प्रहार भएको हो ।
यन्ह्यप समाचर समितिक अनुसार उक्त क्षेप्यास्त्र स्थानीय समयअनुसार अपराह्न साढे ४ बजे सिनो-री मिसाइल बेसबाट प्रहार गरिएको हो । उक्त स्थान दक्षिण कोरियाली सीमाबाट २१० किलोमिटर दक्षिणमा पर्छ ।
अघिल्लो साता उत्तर कोरियाली नेता किम जोङ उनले रकेटहरूको परीक्षणलाई निरीक्षण गरेका थिए । छोटो दूरीको एउटा क्षेप्यास्त्र देशको पूर्वी तटबाट सी अफ जापानमा प्रहार गरिएको थियो ।
उत्तर कोरियाले आफ्ना हालैका क्षेप्यास्त्र परीक्षणहरू भड्काउने उद्देश्यले नगरिएका र यी नियमित तथा आत्मरक्षाका लागि गरिएका बताएको छ ।
उत्तर कोरियाका लागि अमेरिकी दूत स्टिफन बीगुनले दक्षिण कोरियाको राजधानी सउलको चारदिने भ्रमण शुरू भएकै दिन क्षेप्यास्त्र प्रहार गरिएको हो । बीगुनले उत्तरमा खाद्य सहायता बढाउने सम्भावनाका विषयमा छलफल गर्न खोजेका छन् ।
हनोई शिखरवार्ता कुनै निष्कर्षविना नै टुंगिएपछि आणविक निःशस्त्रीकरणको विषय अड्किएको छ र यस्तो अवस्थामा उत्तरले आणविक परीक्षण बढाउँदै लगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस