काठमाडौं-अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल तिक्त र आरोप–प्रत्यारोपमै सीमित हुँदै गएपछि नेकपाभित्रको आन्तरिक संकट थप गहिरिँदै गएको छ ।
एक–अर्काप्रति अविश्वास र एक–अर्काविरुद्धका गतिविधिले ओली र प्रचण्डबीच लगातार दूरी बढ्दै गएको छ, जसलाई नेकपाका नेताहरूले ‘चिन्ताजनक’ भनेका छन् । ४ कात्तिकबाट सुरु भएको पछिल्लो तिक्तताको शृंखला दुई हप्ताकै बीचमा उत्कर्षमा पुगेको छ ।
बिहीबार बालुवाटारको करिब एक घन्टाको संवाद पनि तिक्तताकै बीचमा निष्कर्षविहीन भएपछि दुवै नेता जस्तोसुकै परिस्थिति सामना गर्ने मनस्थितिका साथ रणनीति बनाउन सक्रिय बनेका छन् । नेकपा–विवादमा प्रचण्ड–माधव नेपाल समूह एक ठाउँ हुँदा ओली दबाबमा छन् ।
ओलीले आफूलाई हटाउन प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराउनेसम्मको तयारी गरेको भन्दै त्यस्तो तानाबानालाई जुनसुकै प्रयासबाट भए पनि चकनाचुर पार्ने चुनौती दिएका छन् ।
माग्दै नमागेको राजीनामाको विषय उठाएर ओलीले गलत प्रचार गरेको भन्दै प्रचण्डले खण्डन गरेका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपालसहित बहुमत नेताहरूको समर्थनमा केन्द्रीय सचिवालय बैठक बोलाएर अघि बढ्नेसम्मको तयारी गरिरहेका छन् ।
स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठनको प्रयास र भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमणप्रति प्रचण्ड–नेपाल समूहको आशंकासँगै चर्किँदै गएको नेकपाको आन्तरिक विवाद झन्झन् गहिरिँदै गएको छ। यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस