नयाँदिल्ली– भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ८३ लाख ६४ हजार नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाख २७ हजार ९६२ रहेको छ । मन्त्रालयले हालसम्म कोरोना संक्रमितमध्ये ७७ लाख ११ हजार ८०९ जना संक्रमणमुक्त भएको जनाएको छ ।
भारतमा हालसम्म कोरोना संक्रमितमध्ये १ लाख २४ हजार ३१५ जनाको मृत्यु भएको छ जसमा पछिल्लो २४ घण्टामा थप ७०४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर ११ करोड ४२ लाखभन्दा बढी नमूना परीक्षण गरिएको जनाएको छ ।
भारतमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको दर ९२ प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस