सोल – दक्षिण कोरियाली राजधानी सोल सरकारले कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर राख्दै सुरक्षा सावधानीमा कडाई गर्ने भएको छ ।
सरकारले आगामी नोभेम्बर १३ बाट मास्क अनिवार्य गर्ने निर्णयमा पुगेको एक अधिकारीले बताएका छन् । यदी कसैले उक्त निर्णयको अटेर गरेमा १ लाख वोन अर्थात ८८ अमेरिकी डलर जरिवाना गरिने समेत सोल सरकारले बताएको छ ।
परिक्षण गरिएको १ महिना पश्चात सरकारले उक्त नियमलाई अनिवार्य बनाउने भएको हो । हाल राजधानी सोलका ब्यस्त क्षेत्रमा उक्त नियमसँग सम्बन्धित ब्यानरहरु समेत राखिएको सोल महानगर सरकारका अधिकारिले बताएका छन् ।
१४ बर्ष मनिका बालबालिका तथा स्वास्थ्य समस्या भएकाहरुका हकमा भने मेडिकल प्रमाणपत्रका अाधारमा उक्त अनिवार्य नियम लागु नगरिने भएको छ । जरिमानामा परेकाहरुले मास्क नलगाउनुको तार्किक कारण पेश गरेमा जरिमाना शुल्कमा २० प्रतिशत छुट दिइने समेत सरकारले बताएको छ ।
सरकारले मानिसहरुको अत्याधिक भीडहुने ५ क्षेत्रमा निषेधाज्ञा समेत जारी गर्ने भएको छ । सभा सम्मेलन, सार्वजनिक यातायात, जुलुस तथा प्रदर्शन, स्वास्थ्य सेवा लिने क्षेत्र तथा नर्सिङ होमहरुमा समेत उक्त निषेधाज्ञा लागु गरिने महानगर सरकारले बताएको छ ।
त्यसका अलावा पहिलो तहको सामाजिक दुरी नियम लागु हुने होटल, रेष्टुरेण्ट लगायतका क्षेत्रमा समेत मास्क अनिवार्य गरिएको छ । सरकारले यो जरिमाना तथा निषेधाज्ञा नागरिकलाई जरिमाना तिराउन भन्दा पनि कोरोना संक्रमण रोक्नका लागि गरिएको समेत स्पस्ट पारेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस