सोल – यस बर्षको सुरुवातमा सोमालिया स्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा इस्लामिक अतिवादी समुह अल-सबाबद्वारा गराइएको आतङ्ककारी हमलामा उत्तर कोरियाली मोर्टार प्रयोग गरिएको पाइएको छ । उक्त मोर्टार पाइएसँगै दुई समुह बीच हतियारको लेनदेन भएको हुनसक्ने आशंका समेत गरिएको छ ।
गत फेब्रुअरी बाट मे महिनाको बीचमा सोमालियाको राजधानी मोगादिशु स्थित अन्तराष्ट्रिय विमानस्थल तथा अन्य महत्वपूर्ण क्षेत्रमा ६ वटा मोर्टार हमलाहरु गरिएका थिए । अलकायदा समर्थित उक्त समुहले ६० एमएम मोर्टार एडेन एडे बिमानस्थल नजिकै रहेको संयुक्त राष्ट्रसंघको कार्यालयमा १७ फेब्रुअरीमा प्राहार गरेका थिए ।
सेप्टेम्बर २८ मा आफ्नो अन्तिम घटना प्रतिवेदन बुझाउदै प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (उत्तर कोरिया) मा बनेका दुइ राउण्ड मोर्टारहरु प्राहार गरिएता पनि बिष्फोट भने नभएको बताइएको छ । ६० एमएमको एचई -६३ मोडलका उक्त मोर्टारहरु उत्तर कोरियामा बनेको पाइएको कार्यालयले जनाएको छ ।
सन् १९८७ मा उत्तर कोरियाले गराएको मिसाइल आक्रामणमा परि एक बिमानमा सवार ११५ जनाको मृत्यु भए पश्चात उसलाई सन् १९८८ मा आतङ्ककारीलाई प्रश्रय दिने मुलुकको सुचीमा राखिएको थियो । सन् २००८ मा परमाणु हतियारबाट निशश्त्रीकरण गर्न सघाउने सर्तमा उसलाई उक्त सुचीबाट हटाइएको थियो ।
यता संयुक्त राष्ट्रसंघको प्रतिवेदन पश्चात भने उत्तर कोरियाको आतङ्ककारी समुहसँग साटगाठ रहेको ठहर गरिएको छ । उत्तर कोरियाले आतङ्ककारी समुहलाई हतियार दिएको हुनसक्ने आशंका समेत राष्ट्रसंघले गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस