काठमाडौँ-सरकारको नेतृत्व गरेको देशको सबैभन्दा ठूलो पार्टी नेकपाको मूल नेतृत्वको काँधमा आफ्ना आठ लाख सदस्यलाई मात्र होइन, सिंगो देशलाई विश्वासमा ल्याउने दायित्व छ । तर, देशलाई समृद्धिको यात्रामा अघि बढाउने जिम्मेवारी पाएको दलका शीर्षस्थ नेता बाह्रैमास आपसी झमेलामा छन् ।
पछिल्लोपटक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनदेखि न भेट छ, न टेलिफोन संवाद नै । पछिल्लोपटक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनदेखि न भेट छ, न टेलिफोन संवाद नै ।
यो घटनाले प्रधानमन्त्री र नेकपाका कार्यकारी अध्यक्षको मुटुचाहिँ कत्रो छ भन्ने प्रश्न उठाइदिएको छ । स्थिति यस्तो भएको छ– अब ओली र प्रचण्डबीच रोकिएको संवाद सुचारु गर्न पार्टीका दोस्रो तहका नेताहरूको दौडधुप नै चलेको छ । तर, शुक्रबार रातिसम्म उनीहरूलाई सफलताचाहिँ मिलेको छैन ।
दुई अध्यक्षको कार्यविभाजन, सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन र महाधिवेशनको तयारीलगायतका प्रस्ताव पारित गर्दै २६ भदौमा स्थायी कमिटीको बैठक सकिएपछि ओली र प्रचण्डबीच दुई दर्जनभन्दा धेरैपटक भेट भयो ।
तर, अचानक जन्मेको कर्णाली प्रदेशको पार्टी विवाद सुल्झाउन उनीहरूबीच ४ कात्तिकको बिहान भेट भयो । भेटमा विवाद समाधानको सूत्र तय हुन सकेन । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस