काठमाडौँ-पार्टीभित्रको अन्तहीन बिबादबिच प्रधानमन्त्री एबम नेकपा अध्यक्ष केपी ओलीले लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस राखेका छन्।
प्रधानमन्त्री ओलीले एक साताभित्रै दुईपटक बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहकार्यको प्रस्ताव गरेका छन्। तर बिगतमा जस्तै नेता नेपालले विधि र पद्धतिकै मुद्धामा जोड दिएका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग अविश्वास र दुरी बढिरहेका बेला प्रधानमन्त्री ओलीले नेकपभित्र अंक गणितमा निर्णायक भूमिकामा रहेका समुहको नेतृत्व गरिरहेका बरिष्ठ नेता नेपालसंग सहकार्यको कोसिस अगाडी बढाएका हुन्।
प्रचण्डसंग १० दिन देखि संवाद ठप्प रहेकै अवस्थामा प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटार बोलाएर नेता नेपालसंग एक हप्ताकै बीचमा दोश्रो पटक लामो भेटबार्ता गरेका छन्।
स्थायी कमिटिको निर्णय कार्यन्वयनलाई लिएर ओली प्रचण्डबीच मनमुटाव देखिएको छ।
पछिल्लो पटक प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच मंगलबारमा साढे दुई घण्टा लामो भेटबार्ता भएको थियो। ओली र नेपालबीच ग मंगलबार दिउँसो १२ बजेदेखि संवाद भएको थियो। यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस