सोल – यस बर्ष फरक फरक समयमा आएका समुद्री आँधीले उत्तर कोरियालाई ठूलै प्रभाव पारेको छ । समुद्री आँधी लगत्तै त्यहाँका सर्वोच्च नेता आफै आँधी प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा समेत गएका थिए । अवलोकन पश्चात निश्चित समय सीमा तोकेर पुनर्निर्माण गर्न निर्देशन समेत दिएका थिए ।
किमको निर्देशन कार्यान्वयन भएता पनि काममा गुणस्तरीयता भने नपाइएको रेडियो फ्री एसियालाई उदृढ गर्दै द कोरिया हेराल्डले समाचार छापेको छ । अपुष्ट श्रोतलाई उल्लेख गर्दै समाचारमा भनिएको छ- उत्तर कोरियाली सरकारले पुनर्निर्माण गरेका अधिकांश संरचनाहरु बस्नका लागि अयोग्य छन् । किमले ब्यक्तिगत रुपमा अवलोकन गरेका बाहेक अन्य कुनै पनि संरचना काम लाग्ने नभएको समाचारमा बताइएको छ ।
पुनर्निर्माण गरिएका कतिपय घरहरुमा पानीको सुविधा नभएको, तातोको ब्यवस्था नभएको लगायत कुनै न कुनै तवरका कमजोरी रहेको स्थानियले जानकारी दिएको समाचारमा बताइएको छ ।
कामको प्रगति तथा प्रकृति नहेरी त्यहाँको वर्कर्स पार्टीको स्थापना दिवस सम्ममा पुनर्निर्माण कार्य अनिवार्य सक्न दिएको निर्देशनका कारण उक्त क्षेत्रमा गरिएका अधिकांश पुनर्निर्माण गतिविधिहरु कच्चा सावित भएका हुन् । किमले उक्त क्षेत्रका पुनर्निर्माण कार्य अक्टोबर १० अगाडी जसरी पनि सक्न निर्देशन दिएका थिए ।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले उक्त मिति अगावै दुई महिनाको अवधिमा ८२० वटा घरहरुको पुनर्निर्माण सम्पन्न गराई सर्वसाधारणलाई हस्तान्तरण गरिएको बताएको थियो । यता रेडक्रसले समुद्री आँधी प्रभावित ह्वाङ्गाई तथा काङ्गवन प्रान्तका करिव ३००० घर परिवारलाई राहत सामाग्री समेत उपलव्ध गराएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस