सोल – दक्षिण कोरियाको राजधानी सोल स्थित एक अदालतले बस चालकलाई गाली गलौज गरेको अभियोगमा एक ब्यक्तिलाई १० महिनाको जेल सजाय तोकेको छ । सोलको उत्तरी जिल्ला अदालतले नाम नखुलाइएका ६१ बर्षिय ति ब्यक्तिलाई गाली गलौजको अभियोगमा उक्त फैसला सुनाएको हो ।
गत अगष्ट १४ मा बस चालकले ति व्यक्तिलाई मास्क प्रयोग गर्न अनुरोध गर्दा बस चालक माथि असभ्य गाली गर्नुका साथै उनले बसमा यात्रा गरिरहेका अन्यलाई समेत तथानाम गरेका थिए । बस चालकले उक्त बिषय प्रहरीलाई बताउँदा उनी बस चालकमाथि नै जाई लागेका थिए । प्रहरीका अनुसार उनले चालकको कपाल तानेका थिए ।
बस चालकलाई धम्कीपुर्ण ब्यवाहार गरेका उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई समेत नङ्ग्र्याउन भ्याएका थिए । उनलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको प्रहरीले बताएको छ । प्रहरी नियन्त्रणमा समेत आक्रामक उनी माथि थप कारवाही हुन सक्ने समेत अदालतले बताएको छ ।
कोरोना संक्रमण पश्चात दक्षिण कोरियामा फेस मास्क नियम अनिवार्य गरिएको छ । नियम उल्लङ्घन गर्नेलाई १,००,००० लाख वोन अर्थात ८८ अमेरिकी डलर जरिमानाको ब्यवस्था गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस