डडेल्धुरा- सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ । अमरगढी नगरपालिका –७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीयवासी शेर कैनीले बताएका छन्।
पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन् । बर्खे खेती गर्ने समयमा वर्षा हुने गरे पनि हिउँदे खेतीका लागि निकै समस्या हुने गरेको कैनीको भनाइ छ । सिंचाइ कार्यालय डडेल्धुराको रु तीन लाखका लागतमा सम्पन्न भएको पोखरी स्थानीयवासीको विवादका कारण सञ्चालनमा आउन नसकेको स्थानीयवासी गगन भण्डारीले बताए । उनले भने, “यस क्षेत्रका करीब १० गाउँमा सिंचाइ गर्ने योजनाअनुसार निर्माण शुभारम्भ भएको थियो तर पोखरा बजार क्षेत्र शेराखेतका बासिन्दाको विरोधका कारण योजनाले पूर्णता नपाएको हो ।”
पोखरी निर्माण गरिए पनि मुहानबाट पाइप विस्तार हुन नसक्दा पापानी पु¥याउन नसकिएको स्थानीयवासी दत्तराज जैसीले बताएका छन् । पोखरीमा पानी राख्न सके यहाँका भट्गाउँ, ऐरीगाउँ, भन्तनगाउँ, ओखरमुनि गाउँको हजारौँ रोपनी जमीनमा सिंचाइ गरी खेतीपाती लगाउन सकिने जैसीको भनाइ छ । उनले भने, “पोखरा बजारबासीले पाइप लाइन विस्तार गर्न नदिँदा सिंचाइ गर्न समस्या भएको छ ।”
सिंचाइ सुविधा नहुँदा यहाँका बासिन्दाले खेतमा हिँउदे बाली लगाउन छाडेका छन् । “वर्षामा ढिलोचाँडो पानी पर्छ, धान राम्रै फल्छ तर हिँउदमा आकाशे पानीको भर हुँदैन”, स्थानीयवासी मान भण्डारीले भने, “सिंचाइ अभावका कारण विगतमा हिँउदे बालीबाट जोताइ, मल र बीउकै खर्च उठाउन नसकेपछि धानबाली मात्रै लगाउने गरेका छौँ ।” किसानको सयौँ हेक्टर जमीन सिंचाइ अभावकै कारण वर्षमा सात महिना बाँझो हुन्छ । तीन बाली उब्जनी हुने जमीनमा सिंचाइ नहुँदा धानबाली मात्रै लगाउने गरिएको भण्डारीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस