सोल – कोरोना संक्रमणका कारण विश्व थला परेका बेला दक्षिण कोरियामा भने नगन्य प्रभाव परेको अन्तराष्ट्रिय मुद्रा कोषले बताएको छ । कोषका ब्यवस्थापकीय निर्देशक क्रिष्टालिना जर्जिभाले दक्षिण कोरियाली अर्थ मन्त्री होङ नाम की सँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन् ।
कुराकानीका क्रममा अर्थ मन्त्री होङ नाम कीले अन्तराष्ट्रिय मुद्रा कोष तथा दक्षिण कोरिया सरकार बीच भइरहेको आपसी सहकार्यलाई आगामी दिनमा अझ शशक्त रुपमा अगाडी बढाउने बिषयमा कुराकानी भएको बताइएको छ ।
यता मुद्रा कोषका निर्देशक जर्जिभाले दक्षिण कोरियाको कोरोना रोकथाम तथा नियन्त्रण प्रणालीको सक्रियताका कारण देशको अर्थतन्त्रमा नगन्य मात्र असर परेको बताउदै महामारी नियन्त्रणमा सक्रिय उक्त टोलीप्रति बधाई तथा धन्यवाद समेत दिएका छन् ।
अन्तराष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपण अनुसार कोरोना संक्रमणका कारण दक्षिण कोरियाको अर्थतन्त्र बिगतको भन्दा १.९ प्रतिशतले खुम्चिने छ जुन विश्वकै दोश्रो कम प्रभावित अर्थतन्त्र हो । प्रथम स्थानमा रहेको लिथुनियाको १.८ प्रतिशतले खुम्चिने प्रक्षेपण कोषको छ ।
दक्षिण कोरियाले चार वटा पुरक बजेट मार्फत देशको अर्थतन्त्रलाई ब्यालेन्स गर्न प्रयास गरिरहेको अर्थ मन्त्री होङ नाम कीले उक्त कुराकानीका क्रममा बताएकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस