काठमाडौँ-राष्ट्रियताको बिषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक बार्ताको पतीक्षा भैरहेको बेला अचानक गुप्तचर प्रमुखको इन्ट्रीले देशभक्त नेपालीको मन कुडिएको छ।
नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसंग ,मन्त्रीले मन्त्रीसग संवाद गर्नुपर्नेमा भारतको जासुसी संस्थाका प्रमुख सीधै नेपाल आएर प्रधानमन्त्रीसंग मध्यरातसम्म बार्ता गरेका छन्।
यसले कूटनीतिक मर्यादा र देशको स्वाभिमान ध्वस्त बनाएको भन्दै सत्तापक्ष र प्रतिपक्षका नेताहरुले कडा बिरोध जनाएका छन्।
प्रधानमन्त्री केपी ओली र ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताको योजना दुई साता अगाडीबाट भएको श्रोतको दाबि छ। श्रोतका अनुसार दुई साता अघि रअ का डेपुटी प्रमुख नेपाल आएर प्रधानमन्त्री ओली संग भेटेका थिए।
उनि पनि प्रधानमन्त्रीकै चाहनामा नेपाल आएका थिए। भेटमा प्रधानमन्त्री ओलीले ‘तपाइको प्रमुख संग भेट्न चाहन्छु ‘ भन्ने प्रस्ताव गरेका थिए।
उनले दिल्ली गैर यसबारे छलफल गर्ने बताएका थिए। नेपालका प्रधानमन्त्रीले नै भेट्न चाहेका छन् भने पछि रअ प्रमुख बायुसेनाको जहाज चढेर दलबलसहित काठमाडौँ आएका हुन्।
छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बद्नाम भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग (‘रअ ) का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस