काठमाडौँ-छिमेकी भारतसंग कूटनीतिक र राजनीतिक बार्ता गर्नुको सट्टा सरकारले भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेको छ।
भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली नेपाल आएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुलाई भेटेको छ।
भारतको गुओतचर संस्था रिसर्च एण्ड अनालाइसिस विङ्ग ‘रअ ‘का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौ जनाको टोली बुधबार काठमाडौँ आएको छ। उनीहरुलाई लिएर आएको भारतीय एयरफोर्सको जहाज अपरान्ह १ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
‘सो जहाज आउन लागेको जानकारी पर्यटन मन्त्रालयले बुधबार बिहानमात्रै नागरिक उड्यान प्राधिकरण र विमानस्थल कार्यालयलाई गराएको थियो, ‘विमानस्थलका एक अधिकारीले भने ‘आइएफसी ४६२० कलसाइनको जहाज बुधबार १ बजे काठमाडौँ अवतरण गर्ने र बिहिबार बिहान ९ :४५ बजे फर्कने गरि फ्लाइट प्लान आएको छ। ‘
गुप्तचर प्रमुख गोयलले विमानस्थलको अध्यागमनमा परिचयपत्रको रुपमा भोटर आइडी देखाएका थिए। त्यस्तै उनीसंगै आएका अरुण जैनले अर्डिनरि पार्सपोर्ट प्रस्तुत गरेका थिए।
गोयलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसंग संवाद गरेका थिए।
पाउने १६ घण्टा काठमाडौँ बसाइमा उनले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’,शेरबहादुर देउवा र माधव नेपाल लगायतलाई भेट्ने तालिका छ। यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस