वि.सं.२०७७ साल कार्तिक ०६ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,१७ घडी ५६ पला,दिउसो ०१ बजेर १९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–मूल,०३ घडी २७ पला,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त पूर्वाषाढा । योग–अतिगण्ड,१२ घडी ३७ पला,बिहान ११ बजेर ११ मिनेट उप्रान्त सुकर्मा । करण– तैतिल,दिउसो ०१ बजेर १९ मिनेट उप्रान्त गर,रातको १२ बजेर ४२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २८ घडी १४ पला । शारदीय नवरात्र। विल्वपत्र निमन्त्रण। सरस्वतीलाई आवाहन गर्ने दिवस।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानि हुनेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । अध्ययनमा अलि बढि नै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुन सक्छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मित्रताको बन्धन कसिलो हुँनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुँनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापारको शिलशिलामा छोटो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
घरजग्गा तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवीहरुका लागि समय मध्ययम रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ । वन्द व्यापारमा लगानि गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त तथा शुभचिन्तको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यावसायमा अरुकै करकापमा लगानी बढाउदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । तरपनि यात्रा गर्न चाहनेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पशुजन्य तथा कृषिजन्य व्यापार व्यावसायबाट मनग्गे धनलाभ हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु गर्न सकिनेछ । अग्रजहरुको धन तथा सम्पतीको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ । बिद्यार्थीहरुका लागि आजको दिन फलदायि रहेकोछ भने प्रेममा गर्नेहरुका लागि समयले साथ दिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बुवा तथा बुवा सरहका व्याक्तीबाट भरपुर सहयोग प्राप्त हुने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपूर्ण भुमिका खेल्नेछ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस