सोल – अन्तराष्ट्रिय स्वास्थ्य साहायोग गर्ने एक च्यारिटी संस्थाले हालै संयुक्त राष्ट्रसंघबाट उत्तर कोरियामा गएर स्वास्थ्य सहयोग गर्ने अनुमति पाएको छ । उक्त संस्थाले उत्तर कोरियामा गएर कोरोना भाइरस तथा क्षयरोगको उपचार गर्ने समाचारमा बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद ले सीमा बिहिन डक्टरहरुको संस्था एमएसएफलाई उत्तर कोरिया गएर सेवा गर्ने अनुमति दिएको हो । उक्त संस्थाले उत्तर कोरियामा पोषण तत्व सहयोग, क्षयरोग तथा कोरोना भाइरसको परिक्षण तथा उपचार गर्ने छ ।
उत्तर कोरियाको हाम्योङ क्षेत्रमा सञ्चालन गरिने उक्त स्वास्थ्य सिविरमा आवश्यक पर्ने ६००० सर्जिकल मास्क, २००० थान पिपिई तथा १००० थान स्वासप्रश्वासमा आवश्यक फिल्टर १२ महिनाका लागि लैजान अनुमति समेत प्राप्त गरिसकेको छ ।
हालसम्म संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले विश्वका १२ देशहरुका मानवीय सेवा गर्ने परोपकारी संस्थाहरुलाई उत्तर कोरिया गई स्वास्थ्य सेवा प्रदान गर्न अनुमति दिइसकेको छ । फिनल्याण्ड, ईटाली तथख दक्षिण कोरियाले गत जुन महिनाबाट नै उत्तर कोरियामा आफ्ना मानवीय सेवाहरु प्रदान गर्दै आइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस