सोल – उत्तर कोरियाले पहिलो पटक स्थानीय सामाग्रीहरुको प्रयोग गरेर रेल निर्माण गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएका अनुसार उक्त रेल उत्तर कोरियाका प्राविधिकहरुले उत्तर कोरियाली सामाग्री प्रयोग गरि बनाएको स्तरिय स्थानिय उत्पादन भएको बताइएको छ ।
विद्युतबाट सञ्चालन हुने उक्त रेल कोरियाली प्रविधिको ६ एक्सेल भएको रेल हो । यो रेलमा उत्तर कोरियाली प्रविधि प्रयोग गरिएको र देशको रेलवे क्षमता विस्तार गर्न कोशेढुङ्गा सावित हुने समाचारमा बताइएको छ ।
केसिएनएका अनुसार उक्त रेल हालका लागि उत्तर कोरियामा मात्र प्रयोग गरिने छ । तत्काल उक्त रेल अन्तराष्ट्रिय बजारमा बिक्री गर्ने कुनै योजना उत्तर कोरियासँग नरहेको समेत केसिएनएले जनाएको छ । आन्तरिक यातायातलाई थप सुदृढ बनाउन उक्त रेलको महत्वपुर्ण भुमिका रहने बताइएको छ ।
विश्वभरबाट नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले त्यसलाई चुनौति तथा अवसरका रुपमा लिदै आफूलाई आन्तरिक सुदृढिकरण गर्दै प्रविधिमा आफूलाई अब्बल सावित बनाउदै आएको छ । पछिल्लो पटक सार्वजनिक रेल समेत त्यसैको उपज भएको विज्ञहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस