सोल- उत्तर कोरियाले दक्षिण कोरियालाई ठूलो परिमाणमा ऋण तिर्न बाँकी छ । यता दक्षिण कोरियाले भने उत्तर कोरियाले उक्त ऋण रकम फिर्ता गर्ने बारेमा शंका प्रकट गरेको छ ।
दक्षिण कोरियाली सरकारका अनुसार उसले उत्तर कोरियालाई विभिन्न शिर्षकमा १ ट्रिलियन वन भन्दा बढी रकम उत्तर कोरियालाई ऋणका रुपमा दिएको छ । खाद्य समस्या पुरा गर्न मात्र दक्षिण कोरियाले ८७५ मिलियन डलर ऋण साहायता गरेको छ ।
त्यस्तै उत्तर कोरियाले भौतिक पुर्वाधार विकासका लागि भन्दै १३० मिलियन डलर ऋण लगेको छ । कपडा, जुत्ता तथा साबुन लगायतका सामाग्री खरिद गर्न उत्तरले दक्षिण कोरियासँग ८० मिलियन डलर ऋण लिएको छ । बैंक अफ कोरियासँग लिइएको उक्त ऋण सन् २००० बाट २००८ सम्म लिइएको थियो ।
लिइएको सम्पुर्ण रकम २० बर्ष भित्रमा फिर्ता गरिसक्ने प्रतिबद्धता उत्तर कोरियाले गरेको थियो । १ प्रतिशत ब्याजदरमा उक्त ऋण रकम उत्तर कोरियालाई उपलब्ध गराइएको थियो ।
कुल ऋण रकमको २.३ प्रतिशत अर्थात २.३ मिलियन डलर भने फलामजन्य सामाग्रीका माध्यमबाट फिर्ता लिइएको छ । बाँकी ऋण रकम फिर्ता गर्न उत्तर कोरियालाई ६२ पटक ताकेता गरिएता पनि कुनै प्रतिकृया नआएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस