सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले देशका आणविक हतियार विभाग हेर्ने विभाग प्रमुख परिवर्तन गरेका छन् । उनले जेनरल किम राक ग्योमलाई जिम्मेवारी मुक्त गराई उनको सट्टामा लेफ्टिनेन्ट जेनरल किम जोङ जिललाई नियुक्ति गरिएको छ ।
किमले उक्त निर्णय किन गरे भन्ने बारेमा यकिन नभएता पनि हालै आयोजना गरिएको सैन्य परेडमा उक्त परिवर्तन त्यहाँको राष्ट्रिय टेलिभिजन मार्फत देख्न सकिन्थ्यो । समाचार अनुसार किम जोङ उनले करिव ९० प्रतिशत सैन्य कमाण्डरहरु परिवर्तन गरिएको छ । किमले आफ्ना बुबा किम जोङ इलका नाममा सैन्य एकेडेमी स्थापना समेत गरेका छन् ।
किम जोङ उन सत्तामा आए लगत्तै सन् २०१२ पश्चात उत्तर कोरियाली सैनिकमा रणनैतिक तथा आणविक विभाग सम्हालेका किम राक ग्योमलाई नेता किम जोङ उनले पदबाट हटाएको बताइएको छ । उनले सैन्य क्षमतामा सुधार ल्याउन तथा आणविक क्षेत्रमा ब्यापक स्तरिकरण गर्न किमले उक्त कदम चालेको हुन सक्ने समाचारमा बताइएको छ ।
हाल नियुक्ति पाएका लेफ्टिनेन्ट जेनरलका बारेमा भने अन्तराष्ट्रिय जगतमा कुनै प्रकारको सुचना नभएको उत्तर कोरिया बारे जानकार विज्ञहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस