न्युयोर्क- संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ ।
थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिनुभएको हो ।
उहाँले संयुक्त राष्ट्रसंघको त्यस अनुगमनबाट हेर्दा थाइल्याण्डका नागरिकले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउनुपर्ने पनि बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता डुजारिकले पत्रकार सम्मेलनमा भन्नुभएको थियो– हामीले यस आन्दोलनलाई धेरै नै नजिकबाट अनुगमन गरिरहेका छौँ, यहाँका प्रदर्शनकारी र यहाँका सरकारी अधिकारीहरुको निकटमै रहेर हामीले यस आन्दोलनको अनुगमन गरिरहेका छौँ ।
उहाँले संसारमा नै हरेक देशका नागरिकहरुले आफ्ना मागहरु राखेर प्रजातान्त्रिक रुपमा र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहेको पनि बताउनुभयो ।
हरेक नागरिकले बिना हातहतियार शान्ति पूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना मागहरु राख्ने अधिकार पाउने र त्यो अधिकार थाइल्याण्डले पनि दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले सो पत्रकार सम्मेलनका क्रममा थाइ सरकारलाई आन्दोलन गर्ने नागरिकको अधिकार नखोस्न बारम्बार भन्नुभएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस