सोल – कोरोना भाइरसको उपचारका लागि प्रभावकारी मानिएको रेम्डिसिभिर नामक एण्टी भाइरल औषधीका नकारात्मक असरहरुका घटना दक्षिण कोरियामा फेला पर्न थालेका छन् ।
हाल सम्म उक्त औषधीका कारण भएका साइड इफेक्टका ११ वटा घटना फेला परेको सरकारी अधिकारीले बताएका छन् ।
बिरामीहरुमा फरक फरक किसिमका असरहरु देखा परेका छन् । फोक्सोका इञ्जाइममा समस्या आउने, छाला चिसिने तथा फुट्ने, उल्टी हुने तथा मुटुमा समेत समस्या आउने खालका नकारात्मक असर औषधीले सृजना गरेको दक्षिण कोरियाली औषधी तथा खाद्य सुरक्षा मन्त्रालयले बताएको छ ।
अमेरिकी औषधी उत्पादक जिलिड साइन्सले उत्पादन गरेको उक्त औषधी दक्षिण कोरियामा मन्त्रालयको स्विकृति पश्चात जुलाईबाट प्रयोग गर्न थालिएको थियो । हालसम्म ६११ जनामा उक्त औषधी प्रयोग गरिएकोमा ११ जनामा साइड इफेक्ट देखिएको समेत मन्त्रालयले बताएको छ ।
दक्षिण कोरियाली औषधी तथा खाद्य मन्त्रालयले उक्त औषधी निमोनिया तथा श्वासप्रस्वास समस्या भएका बिरामीहरुमा मात्र प्रयोग गर्ने अनुमति दिएको छ ।
विश्व स्वास्थ्य संगठनले कुनै पनि साइड इफेक्ट नभएको भनिएको उक्त औषधीलाई कोरोना भाइरस बिरुद्धको औषधीका रुपमा प्रस्तुत गर्न विश्वका ३० बढी देशका ४५० अस्पतालका ११,२२६ जना बिरामीहरुमा परिक्षण भइरहेको समेत विश्व स्वास्थ्य संगठनले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस